पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ती मार्फत यसको जानकारी दिएको हो । कोभिड १९ पोजेटिभ देखिएका ६० वर्षीय पुरुष साउन २० गते पाटन अस्पतालमा उपचार गराइरहेका थिए । उपचाररत काठमाडौं निवासी पुरुषको आइतबार साँझ निधन भएको हो।

यो सँगै पाटन अस्पतालमा कोभिड १९ संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ। आइतबार स्वास्थ्य मन्त्रालयले हालसम्म १०४ जनाको मृत्यु भएको जनाएको थियो ।

Logo