धुलिखेल अस्पतालका ४ स्वास्थ्यकर्मीसहित काभ्रेमा ५ संक्रमित थपिए

धुलिखेल अस्पतालका ४ स्वास्थ्यकर्मीसहित काभ्रेमा ५ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

आज काभ्रेको धुलिखेल अस्पतालका ४ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । धुलिखेल अस्पतालमै गरिएको परिक्षणमा ४ स्वास्थ्यकर्मीसहित ५ जना संक्रमित थपिएका हुन् ।

जिल्ला जनस्वास्थ्य प्रमुख नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना (तीन महिला वर्ष २० की एक , वर्ष २६ की दुई र वर्ष ३० का एक पुरुष) साथै बनेपा नगरपालिका १३ साँगा बस्ने वर्ष ३५ का पुरुष समेत जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालले पनि विज्ञप्ती जारी गरि यसको पुष्टि गरेको छ ।

यस अघि दिउसो स्वास्थ्य मन्त्रालयले दिएको नियमित पत्रकार सम्मेलनमा आज काभ्रेमा संक्रमित थपिएका थिएनन् ।

Logo