आज २ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

आज २ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । आज पर्सा र मोरंगमा गरि २ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा आज १७२ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ८, ललितपुरमा ३८ र काठमाडौंमा १२६ रहेका छन् ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । आज ६४१ जना थपिएका छन् । शनिबार ४६८ थपिएका थिए । शुक्रबार ५९४ थपिएका थिए । सक्रिय संक्रमितको संख्या ९,२२१ रहेको छ । आज १२,२४७ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । आज १३४ जना निको भएका छन् । शनिबार १२४ जना थपिएका थिए । शुक्रबार २४० जना निको भएका थिए । विहिबार १०९ जना निको भएका थिए । हालसम्म ६२ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या १०४ पुगेको छ । आज पर्सा र मोरंगमा एक एक जनाको मृत्यु भएको छ । शनिबार ३ जनाको मृत्यु भएको थियो । शुक्रबार ४ जनाको मृत्यु भएको थियो । विहिबार ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् ।

Logo