काठमाडौं महानगर वडा नं. ३२ मा दुई संक्रमित फेला

काठमाडौं महानगर वडा नं. ३२ मा दुई संक्रमित फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगर वडा नं. ३२ स्थित सहयोगी नगरमा आज २ जना कोरोना संक्रमित देखिएका छन् । यससँगै यस वडामा संक्रमितको संख्या ५५ पुगेको छ ।

यसमध्ये ४ जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । शनिबार मात्र यहाँ ९८ जना थपिएसँगै अब संक्रमितको संख्या १७ सय नाघेको छ ।

Logo