पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पर्सा।

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ४७ वर्षीय पुरुषको मृत्युपछि आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

उनको शनिबार बिहान नारायणी अस्पताल ल्याउँदा मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनको कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

मृतक व्यक्तिमा एक हप्तादेखि ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या पनि थियो । यसैगरि आज बारा र पर्सामा थप ४७ जना कोरोना संक्रमित देखिएको पनि अस्पतालले जनाएको छ ।

Logo