सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिन नपुगि पिसिआर परीक्षण नगर्न अनुरोध

सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिन नपुगि पिसिआर परीक्षण नगर्न अनुरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पिसिआर परीक्षण गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपोर्ट आएको पाँच दिनपछि मात्र पिसिआर परीक्षण गराउन अनुरोध गरिएको बताए।

“पिसिआर पोजेटिभ आउन पाँच÷सात दिन लाग्ने भएकाले र तुरुन्तै पिसिआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई÷चार दिनपछि पोजेटिभ आउने सक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ”, उनले भने ।

अहिले काठमाडौँ उपत्यकामा १४ अस्पताललाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन गरिँदै आइरहेको छ । यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यकता अनुसार स्वाब सङ्कलन गरिरहेका छन् ।

उनले उक्त अवधिभित्र सङ्क्रमितको सम्पर्कमा आएकालाई घरमै बस्नसमेत अनुरोध गरिएको जानकारी दिए। अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार ६६० जनाको पिसिआर परीक्षण गरिएको छ ।

Logo