कोरोनाबाट आज ३ जनाको मृत्यु, कुल संख्या १०२ पुग्यो

कोरोनाबाट आज ३ जनाको मृत्यु, कुल संख्या १०२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट आज ३ जनाको मृत्यु भएको छ । अब मर्नेहरुको कूल संख्या १०२ पुगेको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । आज ४६८ जना थपिएका छन् । शुक्रबार ५९४ थपिएका थिए । सक्रिय संक्रमितको संख्या ८,१९३ रहेको छ । आज ११,०४७ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । आज १२४ जना निको भएका छन् । शुक्रबार २४० जना निको भएका थिए । विहिबार १०९ जना निको भएका थिए । हालसम्म ६६.१ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या १०२ पुगेको छ । आज ३ जनाको मृत्यु भएको छ । शुक्रबार ४ जनाको मृत्यु भएको थियो । विहिबार ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ५ वटा छन् ।

Logo