बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमद्वारा जारी विज्ञप्तीमा मृतक कपिलवस्तुका ४० वर्षीय पुरुष रहेको उल्लेख छ ।

उनी २९ साउनमा उपचारका लागि भर्ना भएका थिए । मायादेवी गाउँपालिकाका उनलाई ज्वरो, खोकी र स्वासप्रश्वासको समेत समस्या थियो ।

बुटवलमा यसअघि गत बुधवार पनि कपिलवस्तुका एक जनाको मृत्यु भएको थियो ।

Logo