मकवानपुरमा २० जना कोरोना संक्रमित थपिए

मकवानपुरमा २० जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

मकवानपुर।

आज मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना अस्पताल हेटौंडाले दिएको जानकारी अनुसार आज २० जनालाई कोरोना भाइरस पुष्टि भएको हो ।

थपिएका नयाँ २० मध्ये १२ जना हेटौंडा उपमहानगरपालिकाका, १ जना मनहरी गाउँपालिकाका र ७ जना मकवानपुर जिल्ला बाहिरका भए पनि हेटौंडा बस्ने गरेका नागरिक हुन् ।

पछिल्ला दिनहरुमा मकवानपुरमा पनि संक्रमितहरु थपिनेक्रम बढ्दो छ ।

Logo