काठमाडौं उपत्यकामा रहेका बन्द अस्पताल सञ्चालन गर्न माग

काठमाडौं उपत्यकामा रहेका बन्द अस्पताल सञ्चालन गर्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणका बिरामी बढ्दै गएकाले बन्द अस्पताल सञ्चालनमा ल्याउनु पर्ने माग गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ ले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनु पर्ने भन्दै सम्बन्ध भएका निकायसँग माग गरेको हो ।

वडाले विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालनको माग गरेको हो । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण र व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लगायत सबै सम्बद्ध निकायसँग वडा कार्यालयले आग्रह गरिएको वडाध्यक्ष मुकुन्द रिजालले बताए ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोल आइसोलेसन निर्माणका विषयमा केन्द्र सरकारले चासो देखाउनु पर्ने बताउँछन् । नगर प्रमुख विद्यासुन्दर शाक्य लगायत उपत्यका नगरपालिका फोरमले भने उपत्यकाको सबै नाकाबाट नागरिकको आवतजावत बन्द गर्नुपर्ने धारणा मुख्य रुपमा अघि सारेका छन् । अहिले काठमाडौं उपत्यकामा मात्रै करीब एक हजार ५०० को हाराहारीमा सङ्क्रमित छन् ।

Logo