पर्सामा थप एक संक्रमितको मृत्यु

पर्सामा थप एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

विगत ७ दिनदेखि नारायणी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले जनाए अनुसार वीरगन्ज महानगरपालिकाका एक ६० वर्षीय पुरुषको गए राति अस्पतालमा मृत्यु भएको हो ।

उनी साउन २४ गते अस्पताल भर्ना भएका थिए । मृतकमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या पनि थियो । योसँगै पर्सामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

Logo