देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९, कुन प्रदेशमा कति ?

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९, कुन प्रदेशमा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय नेपालमा लकडाउन खुले यतादेखि दैनिक ४ सय भन्दा बढी संक्रमित बढ्न थालेका छन् । त्यस्तै मृत्यु हुने संख्या पनि बढ्दो छ । दैनिक ४ जना भन्दा बढीले ज्यान गुमाइरहेका छन् । शुक्रबार मात्र ४ जनाको मृत्यु भएको छ भने मंगलबार सर्वाधिक ८ जनाले ज्यान गुमाएका थिए ।

नेपालमा शुक्रबारसम्ममा ९९ जनाले ज्यान गुमाईसकेका छन् । मृत्यु हुनेमा प्रदेश नं. २ मा सबैभन्दा बढी रहेका छन् । प्रदेश नं. १ मा ९ जना पुरुष, प्रदेश नं. २ मा ३१ पुरुष र ११ महिला गरी ४२ जना, बागमति प्रदेशमा १३ पुरुष र ५ महिला गरी जम्मा १८ जना, गण्डकी प्रदेशमा ६ पुरुष जना, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णली प्रदेशमा ४ जना पुरुष, सुदुरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

शुक्रबार मात्र मुलुकमा ५ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये उपत्यकाभित्र मात्र १ सय १९ जना थपिएका छन् । काठमाडौंमा ८३ जनामा कोरोना देखिएको छ । त्यसैगरी भक्तपुरमा ६ र ललितपुरमा ३० जनामा कोरोना पुष्टि भएको छ ।

सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लिएको छ । जसका कारण ठूलो संख्यामा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् । देशभर होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या ४ सय ६२ पुगेको छ । सुदूरपश्चिममा १ सय ७, प्रदेश २ मा ९८, प्रदेश १ मा ९३, बागमतीमा ७५ र कर्णालीमा ८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा भने शून्य रहेको छ ।

Logo