कोरोनाबाट थप ४ जनाको मृत्यु, कूल संख्या ९९ पुग्यो

कोरोनाबाट थप ४ जनाको मृत्यु, कूल संख्या ९९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । आज ५९४ जना थपिएका छन् । बुधबार ४८४ थपिएका थिए । यस्तै मंगलबार ६३८ जना थपिएका थिए । आज ११ हजार ५७५ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । आज २४० जना निको भएका छन् । विहिबार १०९ जना निको भएका थिए । बुधबार ६४ जना निको भएका थिए । यस्तै मंगलबार १७१ जना निको भएका थिए । हालसम्म ६६ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या ९९ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ । विहिबार ४ जनाको मृत्यु भएको थियो । बुधबार धार्दिङ, काठमाडौं, धनुषा, सप्तरी, मोरंग, कपिलवस्तु र बाराका ८ जनाको मृत्यु भएको थियो । यस्तै मंगलबार पनि ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

Logo