कोरोनाबाट प्रदेश नं २ मा बढी मृत्यु, कुन प्रदेशमा कति ?

कोरोनाबाट प्रदेश नं २ मा बढी मृत्यु, कुन प्रदेशमा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्राप्त विवरण अनुसार कोभिड–१९ का कारण सबैभन्दा बढी मानवीय क्षति प्रदेश नं २ मा भएको छ । आजसम्मको विवरणमा प्रदेश नं २ मा ३९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यसपछि दोस्रोमा वाग्मती प्रदेशमा १८ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश नं १ मा आठ, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको छ ।

लकडाउन समाप्तीपछि परीक्षण गरिएकामध्ये पोजेटिभ प्रतिशतसमेत केही वृद्धि भएको छ । साउन ७ गते लकडाउनको अन्त्य हुँदा परीक्षण गरिएका मध्ये ४ दशमलव २२ प्रतिशत पोजेटिभ देखिएको थियो । साउन २७ मा ६ दशमलव १० प्रतिशत रहेकोमा साउन २८ मा ४ दशमलव ६२ प्रतिशत पोजेटिभ देखिएका छन् ।

Logo