एक वडाध्यक्षलाई कोरोना पुष्टि भएसँगै काभ्रेको मण्डनदेउपुर नगरपालिका सिल

एक वडाध्यक्षलाई कोरोना पुष्टि भएसँगै काभ्रेको मण्डनदेउपुर नगरपालिका सिल

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

एक जना वडाध्यक्षलाई कोरोना पुष्टि भए पछि काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका सिल गरिएको छ ।

यस नगरपालिका प्रवेश गर्ने मुख्य नाका पाँचखालको जिरोकिलोदेखि  सिपाघाटसम्म हेलम्बु राजमार्ग र आसपासका क्षेत्रमा प्रवेश निषेध गरिएको हो । साथै नगरपालिका भित्रका सबै वडामा अर्को सूचना जारी नभएसम्मका लागि पसल, व्यवसाय बन्द गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रवेश निषेध गरिएको जनाएको छ । साथै सबै नगरवासीलाई सतर्क रहन र बाहिर हिड्डुल गर्दा सचेत रहन अनुरोध गरेको छ ।

आज यस नगरपालिकाका एक वडाध्यक्षसहित काभ्रे जिल्लामा १० जना संक्रमित थपिएका छन् । जिल्लामा हालसम्म ६७ संक्रमित रहेको मा २९ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

 

Logo