रामेछापका दुई जनामा कोरोना पोजेटिभ आएपछि मन्थली नगरपालिका सिल

रामेछापका दुई जनामा कोरोना पोजेटिभ आएपछि मन्थली नगरपालिका सिल

केन्द्रबिन्दु
0
Shares

रामेछाप ।

आज रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ स्थायी ठेगाना भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाभित्रकै स्थानीयबासीलाई कोरोना संक्रमण भएपछि नगरपालिकाको कार्यालय र आसपासका बजारक्षेत्रहरु सिल गर्ने तयारी भएको छ।

सोमबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वाब परिक्षणका लागि पठाइएका १२९ जना मध्ये बिहिबार ८१ जनाको रिपोर्ट आएकोमा मन्थली नगरपालिकाका ३० बर्षिय पुरुष तथा मन्थली न.पा वडा नं. १ कै ५० बर्षिय पुरुषलाई कोरोना पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले उक्त क्षेत्र सिल गर्ने भएको हो।

संक्रमितहरु मध्ये ३० बर्षिय पुरुष विदेशबाट आएर सेलेघाटको क्वारेन्टाइनमा बसेका व्यक्ति रहेका छन् भने ५० बर्षिय पुरुष स्वास्थ्यकर्मी भएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. आनन्द आचार्यले बताए । रामेछाप जिल्लामा आज थप दुईसहित जम्मा संक्रमितको संख्या ३३ पुगेको छ ।

Logo