काभ्रेको मण्डनदेउपुरका एक जनप्रतिनिधीलाई कोरोना संक्रमण

काभ्रेको मण्डनदेउपुरका एक जनप्रतिनिधीलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रेको मण्डनदेउपुरका एक जनप्रतिनिधीलाई कोरोना संक्रमण भएको छ ।

काभ्रेमा आज देखिएका ९ संक्रमित मध्ये एक वडाध्यक्षलाई संक्रमण भएको हो । जिल्लामा जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो ।

कोरोना पुष्टि भएका निज वडाध्यक्षलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने तयारी भएको बताइएको छ ।

यससँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । एक जनाको मृत्यु भएको छ भने २९ जना निको भएर घर फर्किएका छन् ।

Logo