काठमाडौं उपत्यकामा आज १२७ संक्रमित थपिए, कूल संख्या कति ?

काठमाडौं उपत्यकामा आज १२७ संक्रमित थपिए, कूल संख्या कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १२७ संक्रमित थपिएका छन् । काठमाडौंमा १११, भक्तपुरमा ५ र ललितपुरका ११ जना थपिएका हुन् । यो सँगै अब उपत्यकामा संक्रमितको संख्या १,५७८ पुगेको छ । अब काठमाडौंमा १,२७८ , भक्तपुरमा १०९ र ललितपुरमा १९१ जना पुगेका छन् ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । आज ५२५ जना थपिएका छन् । बुधबार ४८४ थपिएका थिए । मंगलबार ६३८ जना थपिएका थिए । यस्तै सोमबार ३३८ जना थपिएका थिए ।

आजसम्म सक्रिय संक्रमितको संख्या ८,०२५ छ । आज ९ हजार ४५९ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १६ हजार ८३७ पुगेको छ । आज १०९ जना निको भएका छन् । बुधबार ६४ जना निको भएका थिए । मंगलबार १७१ जना निको भएका थिए । यस्तै सोमबार १४० जना निको भएका थिए । हालसम्म ६७.५ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या ९५ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ । बुधबार धार्दिङ, काठमाडौं, धनुषा, सप्तरी, मोरंग, कपिलवस्तु र बाराका ८ जनाको मृत्यु भएको थियो । मंगलबार पनि ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

Logo