मकवानपुर जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिए

मकवानपुर जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

मकवानपुर जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा आज ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ ।

आज देखिएका मध्ये १० जना प्रहरी पनि रहेका छन् । मकवानपुरमा आज १० जना र यसअघि ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

मकवानपुर जिल्लामा अहिलेसम्म एक सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Logo