आज पर्सामा थपिए ३५ नयाँ संक्रमित

आज पर्सामा थपिए ३५ नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

आज पर्सामा थप ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएका हुन् ।

आज संक्रमण पुष्टि भएकामा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् ।

थपिएका नयाँ संक्रमितमध्ये बाराका एक जना र बाँकी पर्साका रहेको अस्पतालले जनाएको छ । अब पर्सामा मात्र संक्रमितको संख्या एक हजार १४४ पुगेको छ । यहाँ १८ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा वीरगंज कोरोना संक्रमित मध्ये जोखिम क्षेत्रमा रहेको छ ।

Logo