कपिलवस्तु अस्पतालका १८ स्वास्थ्यकर्मीमा कोरोना, जिल्लाभर कूल संक्रमितको संख्या ९०१

कपिलवस्तु अस्पतालका १८ स्वास्थ्यकर्मीमा कोरोना, जिल्लाभर कूल संक्रमितको संख्या ९०१

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।
कपिलवस्तु अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तु अस्पतालमा साउन २६ गते ९१ जनाको स्वाब नमूना संकलन गरिएको थियो ।

त्यसमध्ये १८ जनाको कोरोना रिर्पोट पोजिटिभ र ६० जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। सो मध्ये १३ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ।

अस्पतालका मेडिकल अधिकृत, ल्याब, नर्सिङ्ग, इमरजेन्सी लगायत फाँटका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। यसअघि संक्रमित भएका ५ जनासहित कपिलवस्तु अस्पतालमा हाल २३ जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि नै ५ जनामा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु अस्पतालले इमरजेन्सी सेवाबाहेक सबै सेवा अर्को सूचना नहुँदासम्मका लागि बन्द गरेको छ।

जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १ जनाको कोरोनाले मृत्यु भइसकेको छ। अन्नपूर्णबाट

Logo