नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु, कूल संख्या ९३ पुग्यो

नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु, कूल संख्या ९३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ। बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरि १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो।

मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयको पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

मंगलबार वीरगन्जको सडकमा मृत अवस्थामा फेला परेका एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। बाराको विश्रामपुर गाउँपालिका ५ इटियाही घर भएका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

यस्तै बुधबार नै मोरङमा कोरोनाले विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीको बुधबार दिउसो मृत्यु भएको हो। विराटनगर महानगरपालिका ३ घर भएका ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।अन्नपूर्णबाट

Logo