थपिए ४८४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २४,४३२ पुग्यो

थपिए ४८४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २४,४३२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आज ४८४ जना थपिएका छन् । मंगलबार ६३८ जना थपिएका थिए । सोमबार ३३८ जना थपिएका थिए ।

आजसम्म सक्रिय संक्रमितको संख्या ७,६१३ छ । आज १० हजार ४८१ को परिक्षण गरिएको थियो । हालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । आज ६४ जना निको भएका छन् । मंगलबार १७१ जना निको भएका थिए । सोमबार १४० जना निको भएका थिए । ६८.४६ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या  ९१ पुगेको छ । आज धार्दिङ, काठमाडौं, धनुषा, सप्तरी, मोरंग, कपिलवस्तु र बाराका ८ जनाको मृत्यु भएको हो । मंगलबार ४ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

Logo