पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, बुटवलमा मृत्यु भएकाहरुको कोरोना पुष्टि हुन बाँकी

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, बुटवलमा मृत्यु भएकाहरुको कोरोना पुष्टि हुन बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

धनुषा जिल्ला जनकपुरका ३८ बर्षिय कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी श्रावण १८ गते पाटन अस्पतालमा उपचारत रहेकी थिइन् ।

यस्तै कोरोना विशेष अस्पताल बुटवलमा पनि उपचाररत दुई जनाको मृत्यु भएको छ।

उनीहरु मध्ये एकजना कोरोना संक्रमण पुष्टि भएका ब्यक्ति हुन् भने अर्काको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।

कोरोनाको लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको गए राति मृत्यु भएको हो ।

Logo