देशभर १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

देशभर १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा हालसम्म १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२३ पुरुष र ६० महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जस मध्ये प्रदेश २ मा सबैभन्दा बढी ७८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । उनीहरुमा ५८ जना पुरुष छन् भने २० महिला रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा २७ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कर्णाली प्रदेशमा २२ जना छन् भने गण्डकी प्रदेशमा २० स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । बागमती प्रदेशमा १६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

प्रदेश नं. ५ मा १२ र प्रदेश नं. १ मा ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Logo