आज कोरोनाबाट मृत्यु हुने ४ जना काभ्रे, सिन्धुपाल्चोक र धनुषाका संक्रमित

आज कोरोनाबाट मृत्यु हुने ४ जना काभ्रे, सिन्धुपाल्चोक र धनुषाका संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ६० का एक पुरुषको साउन २६ गते राति १० बजे प्रादेशिक अस्पताल जनकपुरमा दुःखद निधन भएको छ । गत साउन ८ गते निमोनिया भई अस्पतालमाको आइसीयुमा भर्ना भई उपचार गराइरहेका उनी क्षयरोगका विरामी समेत थिए ।

यस्तै धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नं. ५ निवासी विनयतारा फाउण्डेशन (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने वर्ष ५० का एक पुरुषको ०७७ साउन २५ गते निधन भएको छ । निजको मृत्यु पश्चात साउन २५ गते स्वाब नमुना संकलन गरी परिक्षण गर्दा साउन २६ गते कोरोना पुष्टी भएको थियो । झाडा पखाला लागि मोटरसाइकलमा अस्पताल आउँदै गर्दा बाटोमा वेहोश भई लडेको र उनलाई अस्पताल पुऱ्याउँदा अस्पतालमा मृत घोषित गरिएको थियो ।

यसैगरि काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं. १ निवासी ५० वर्षिय एक महिलाको ०७७ साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा निधन भएको छ। साउन २५ गते निमोनियाको लक्षण भइ अस्पताल भर्ना भएकी निजको सोही दिन स्वाव नमुना संकलन गरि परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको थियो । निज फोक्सो तथा पित्तथैली सम्बन्धि रोगबाट समेत ग्रसीत थिइन् ।

सिन्धुपाल्चोक जिल्ला वाह्वबिसे नगरपालिका वडा नं. ४ निवासी वर्ष ८४ का एक पुरुषको ०७७ साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको छ । मुटु तथा मृगौला सम्बन्धि समस्या लिई साउन २१ गते अस्पताल भर्ना भएका उनको आज साउन २७ गते कोरोना पुष्टी भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार आज थपिएका मध्ये काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जना रहेका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज ६३८ जना थपिएका छन् । सोमबार ३३८ जना थपिएका थिए ।

आजसम्म सक्रिय संक्रमितको संख्या ७,२०१ छ । आज १० हजार ४६२ को परिक्षण गरिएको थियो । यस्तै निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । आज १७१ जना निको भएका छन् । सोमबार १४० जना निको भएका थिए ।

मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

 

Logo