थपिए ६३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २३,९४८ पुग्यो

थपिए ६३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २३,९४८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज ६३८ जना थपिएका छन् । सोमबार ३३८ जना थपिएका थिए ।

आजसम्म सक्रिय संक्रमितको संख्या ७,२०१ छ । आज १० हजार ४६२ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । आज १७१ जना निको भएका छन् । सोमबार १४० जना निको भएका थिए ।

मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

Logo