बुधबारदेखि धरानको बिपी प्रतिष्ठानको ओपिडी सेवा बन्द

बुधबारदेखि धरानको बिपी प्रतिष्ठानको ओपिडी सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

धरान ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ । बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको हो ।

अस्पताल परिसरभित्र कोभिड–१९ फैलिरहेकाले बन्द गरिएको हो । अर्कातिर धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन पूर्णरुपमा बन्द गरेकोले ओपिडी बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ’प्रतिष्ठान परिसरमा संक्रमण फैलिएको र अझ बढी फैलन नदिन तथा रोकथाम नियन्त्रणका लागि ओपिडी सेवा बन्द गरिएको छ । अर्को सूचना जारी नहुन्जेलसम्म बन्द गरिएको जानकारी गराइन्छ ।’

प्रतिष्ठानका प्रवक्ताका डा. दिनेश सापकोटाका अनुसार २ जना विद्यार्थी, ३ चिकित्सक र चिकित्सकको परिवारसहित ११ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

Logo