पर्सामा आज ७० जना नयाँ संक्रमित थपिए

पर्सामा आज ७० जना नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पर्सा ।
साउन यता कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा आज २१ जना महिलासहित थप ७० जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा परिक्षण गरी सोमबार राती र मंगलबार बिहान सार्वजनिक गरिएको रिर्पोट अनुसार थप ७० जनामा कोरोना देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साको रिर्पोट अनुसार सोमबार राति ५५ जना र मंगलबार बिहान १५ जना गरी थप ७० जनामा कोरोना देखिएको हो । नयाँ संक्रमितहरु पर्साका ६५ जना र बारा घर भई पर्सामा बसोवास गर्दै आएका ५ जना रहेका छन् ।

पर्सामा करिव १ हजार २ सय जना संक्रमित रहेका छन् । यहाँ कोरोनाबाट मर्नेको संख्या १८ पुगेको छ । वीरगंजमा २ साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

Logo