कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो, ८८० निको भए

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो, ८८० निको भए

केन्द्रबिन्दु
0
Shares

कर्णाली ।

कर्णालीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ । पछिल्लो चौबिस घण्टामा थप २४ जनाको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका छ र सुर्खेतका एक गरी २४ जनामा सङ्क्रमण पहिचान भएको हो ।

त्यस्तै कोरोना निको भई आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८० पुगेको छ । हाल कर्णालीमा ११७ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेका छन् भने छ जनाको मृत्यु भइसकेको छ ।

Logo