कोहलपुर मेडिकल कलेजमा कोरोनाका कारण एक पुरुषको मृत्यु

कोहलपुर मेडिकल कलेजमा कोरोनाका कारण एक पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके ।

मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

काभ्रेकी महिलाको किस्ट अस्पतालमा मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

यस्तै ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रेकी ५० वर्षीया महिलाको मृत्यु पछिको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

अस्पतालले जनाए अनुसार ती महिलालाई आइतबार निमोनियाको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार गराईरहेकी उनको आज मृत्यु भएको अस्पतालले जनाएको हो ।

उनलाई कोरोना आशंकामा परीक्षणका लागि नमुना संकलन गरिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो । उनको मृत्यु आज विहान भएको हो ।

Logo