काभ्रेमा थपिए आज ५ नयाँ संक्रमित, जिल्लामा कूल संक्रमितको संख्या कति ?

काभ्रेमा थपिए आज ५ नयाँ संक्रमित, जिल्लामा कूल संक्रमितको संख्या कति ?

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा चार प्रहरी र भुम्लु गाउँ पालिका ६ का एक युवामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

आज देखिएका मध्ये संघीय प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना छन् । अब संघीय प्रहरी कार्यालयमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डा नरेन्द्र कुमार झाका अनुसार संक्रमण देखिएका सबैलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ४३ पुगेको र २८ जना निको भएका छन् ।

Logo