एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अध्यागमन विभागका सेवा बन्द

एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अध्यागमन विभागका सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ ।

विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेगेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेषाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ ।

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उनीसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताए ।

विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा सामान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिए।रासस

Logo