आज काठमाडौंमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

आज काठमाडौंमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौंमा थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो । १९ गते स्वाब संकलन गरी २१ गते कोरोना पुष्टि भएको थियो । मृतक संक्रमितमा भाइरल ज्वरो, निमोनिया र मधुमेहको समस्या रहेको गेलालले बताए ।

शवलाई व्यवस्थापन गर्ने तयारी भइरहको उनले जानकारी दिए । यसअघि पाटन अस्पतालमा काठमाडौं टोखाकी ४१ वर्षीया महिलाको गत शुक्रबार निधन भएको थियो ।

Logo