वीरगंजमा एक जनाको कोरोनाका कारण मृत्यु, २२ जना संक्रमित थपिए

वीरगंजमा एक जनाको कोरोनाका कारण मृत्यु, २२ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

पछिल्लो समय कोरोनाको केन्द्र जस्तै बनेको वीरगंजमा एक जना मृतक थपिएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका १५ की ४५ वर्षीया एक महिलाको मृत्युपछि गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा ती महिलाको उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

कोरोना परीक्षणका लागि स्वाब संकलन अस्पतालको प्रयोगशाला पठाइएकोमा उनको आज आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । उनी उच्च रक्तचाप र हाइपोथाइराइडबाट समेत पीडित थिइन् ।

यसैबीच आज वीरगंजमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये ६ जना महिला छन् । अब वीरगंजमा संक्रमितको संख्या १ हजार ५० पुगेको छ । यहाँ मृतकको संख्या १८ पुगेको छ ।

Logo