लगातार तीब्र ज्वरो टाइफाइड पनि हुन सक्छ, यस्ता छन् लक्षण र घरेलु उपचारका विधिहरू

लगातार तीब्र ज्वरो टाइफाइड पनि हुन सक्छ, यस्ता छन् लक्षण र घरेलु उपचारका विधिहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

टाइफाइड ज्वरो धेरै खतरनाक हुन्छ । सामान्यतया टाइफाइड अस्वस्थ खानपानबाट हुने गर्दछ । जसका कारण ब्याक्टेरियाहरू हाम्रो शरीरमा प्रवेश गर्दछन् । टाइफाइड ज्वरोमा लापरबाही नगर्नुहोस्, अन्यथा यसले धेरै गम्भीर अवस्थासम्म पु¥याउन सक्छ ।

यो ज्वरोले बच्चाहरूदेखि लिएर वयस्कहरू जो कोहीलाई पनि शिकार बनाउन सक्छ । यो सेलमोनेला टाइफी ब्याक्टेरियाद्वारा फैलन्छ । त्यस्तै, टाइफाइड रोकथाम गर्नका लागि एन्टिबायोटिक दबाइले रोकथाम र उपचार गर्न सकिन्छ । धेरै पटक मौसम परिवर्तन पनि यस ज्वरोको कारण बन्न सक्छ । यति मात्र होइन, यदि घरको एक सदस्यलाई टाइफाइड छ भने अन्य सदस्यहरू पनि जोखिममा हुन सक्छन् । यसका साथै, धेरै सावधानीहरू अपनाउनु पर्दछ । टाइफाइड ज्वरोका लक्षण के हो र हामी यसबाट कसरी जोगिन सकिन्छ ?

टाइफाइड ज्वरोको लक्षण के हो ?

टाइफाइडको ज्वरो र साधारण ज्वरोमा धेरै फरक छैन । जसका कारण यसलाई सजिलैसँग पहिचान गर्न धेरै गाह्रो हुन्छ । तर यदि तपाईं यसको सही लक्षणहरू बारे सचेत हुनुहुन्छ भने तपाईंले यसलाई पत्ता लगाउन सक्नु हुनेछ र यसबाट आफूलाई बचाउन सक्नुहुन्छ ।

यसको मूख्य लक्षण

टाइफाइडको ज्वरो १०२ डिग्रीभन्दा माथि रहन्छ ।
पेट दुखाइ
टाउको दुखाइ
कब्जीयत
शरीरमा गम्भीर कमजोरी
पखाला ।
भोकको कमी ।
शरीरमा दुखाइ ।
छालामा रातो दाग

घरेलु उपचार
लसुन

लसुनले धेरै रोगहरूलाई हटाउने काम गर्दछ, टाइफाइड ज्वरोलाई कम गर्न पनि यो धेरै मद्दतगार हुन्छ । लसुनमा एन्टीआक्सीडन्टहरू हुन्छन् र यसले रगतलाई शुद्ध पार्दछ । यससँगै, लसुनले मिर्गौलाबाट अनावश्यक पदार्थहरू हटाउन मद्दत गर्दछ । यद्यपि यसबाट अधिक लाभ प्राप्त गर्न, यसलाई कच्चा वा आधा मात्र पकाएर खानुपर्दछ । यसको सेवन गरेर टाइफाइड ज्वरोबाट राहत पाउन सकिन्छ ।

पर्याप्त मात्रामा पेय पदार्थ सेवन गर्नुहोस्

पानीको अभावले प्राय टाइफाइड जस्ता रोगहरू निम्त्याउँछ । त्यसैले बिरामीले सधैं तरल पदार्थ लिनु पर्छ । तरल पदार्थ पानी, ताजा फलफूल जुस, हर्बल चिया, आदि हुन सक्छ । यसको साथै, लगातार छोटो समयको अन्तरमा पानी पिउनु पर्छ । टाइफाइड ज्वरोमा पखाला लाग्न सक्छ, यस्तो अवस्थामा ताजा जुस पिउँदा शरीरले धेरै ऊर्जा प्राप्त गर्दछ ।

तुलसी

तुलसी हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक छ र यसले हामीलाई धेरै गम्भीर रोगहरूसँग लड्न मद्दत गर्दछ । तुलसीमा धेरै औषधीय गुणहरू छन्, त्यसैले मानिसहरु यसलाई स्वास्थ्य समस्या भएको बेलामा प्रयोग गर्ने गर्दछन् । यो टाइफाइड र ज्वरोमा पनि धेरै लाभदायक साबित हुन्छ । यसको लागि तपार्इंले केही तुलसीका पातहरू पानीमा उमालेर छानेर यो पानी बिरामीलाई दिनुहोस्, यो पानी दिनमा करीब २ देखि ३ पटक सेवन गर्नुहोस् । यसले तपाईंलाई ज्वरोमा ठूलो राहत दिनेछ ।

स्याऊ

स्याऊमा त्यस्ता गुणहरू छन् जुन टाइफाइड रोगमा धेरै लाभदायक साबित हुन्छ । यसले टाइफाइडबाट पीडित व्यक्तिको शरीरबाट तातो कम गरेर ज्वरो कम गर्ने कार्य गर्दछ । यसमा खनिजहरू समावेश हुन्छ जोे बिरामी व्यक्तिको लागी धेरै महत्वपूर्ण छ । यदि बिरामीलाई पखाला लाग्यो भने स्याउ सिरकाले उसको शरीरमा पानीको अभाव पूरा गर्दछ ।

Logo