मकवानपुरमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण, ७ दिनका लागि निषेधाज्ञा जारी

मकवानपुरमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण, ७ दिनका लागि निषेधाज्ञा जारी

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।

मकवानपुरमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । आइतबार साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आइतबार मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।रासस

Logo