थपिए ३८० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २२,९७२ पुग्यो

थपिए ३८० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २२,९७२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । आज ३८० जना थपिएका छन् । शनिबार ३७८ जना थपिएका थिए । शुक्रबार ४६४ जना थपिएका थिए । यस्तै विहिबार ३६० जना थपिएका थिए भने बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । आज ६,५४४ जना सक्रिय संक्रमित छन् । आज ८ हजार ५१५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १६ हजार ३५३ जना पुगेको छ । आज ४० जना निको भएका छन् । शनिबार ४९९ जना निको भएका थिए । शुक्रबार ४२५ निको भएका थिए । यस्तै विहिबार २३३ जना निको भएका थिए । बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ७५ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo