मानिसमा नसर्ने रोग झनै खतरा (भिडियोसहित)

मानिसमा नसर्ने रोग झनै खतरा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसारभरमा सबैभन्दा धेरै मृत्यु नसर्ने रोगले हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

मानिसहरु सरुवा रोगको प्रकोपबाट बच्न हरसम्भव प्रयास गर्छन् । विश्वमा नसर्न रोग भयावह अवस्थामा छ । नेपालमा मात्र ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गर्छ । त्यही नसर्ने रोग मध्ये सिओपिडी दम रोग पनि एक हो । यो एउटा दीर्घकालिन श्वासप्रश्वास सम्बन्धी रोग हो जसमा मुख्यतया श्वासप्रश्वास प्रवाहमा समस्या हुन्छ । बिशेषतः यो समयसँगै बिग्रदै जाने हुन्छ ।

तर समयमै उपचार गरेमा यस रोगको रोकथाम र उपचार सम्भव छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार विश्वमा ३० लाख मानिसहरु सिओपिडी दमबाट प्रभावित छन् । वार्षिक ३१.७ लाख मानिसहरुको मृत्यु यसको कारण हुने गर्छ । सबैभन्दा बढि मृत्युको कारण बन्ने गरेका रोगहरुमध्ये कतिपय रोग आफ्नो खानपान र जीवनशैलीमा सुधार ल्याए नियन्त्रण गर्न सकिन्छ ।

आज हामीले यस्तै रोगहरुका बारेमा चर्चा गरेका छौं । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार आधाभन्दा बढि मृत्युको कारण भएका १० रोगबारे केन्द्रबिन्दुले तयार पारेको रिर्पोट, हेरौं यो भिडियोमा :

 

 

Logo