पर्सामा आज ७५ जना कोरोना संक्रमित थपिए

पर्सामा आज ७५ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय कोरोना संक्रमणका कारण भयावह बन्दै गएको पर्सामा थप ७५ जना नयाँ संक्रमित भेटिएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा १५ महिलासहित ७५ जना संक्रमित थपिएको अस्पतालले जनाएको छ ।

नयाँ संक्रमित मध्ये १२ वर्षीय बालकदेखि ६८ वर्ष उमेरका सम्म छन् । संक्रमितमध्ये ७० जना वीरगन्ज महानगरपालिकाका मात्र हुन् ।

पर्सामा हालसम्म १ हजार १५ जना कोरोना छन् । जसमध्ये २१ जनाको मृत्यु भएको छ । साउन यता मात्र यहाँ १७ जनाको मृत्यु भएको छ ।

Logo