पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरा।

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका एक संक्रमितको मृत्यु भएको हो ।

पोखरा–१९ का ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा राति ११ः३५ मा मृत्यु भएको हो ।

मृतक मधुमेह रोगबाट समेत पीडित थिए । कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

नेपालमा यस अघि ७३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कूल संक्रमितकाे संख्या २२ हजार ५९२ छ भने निकाे हुनेकाे संख्या १६ हजार ३१३ पुगेको छ ।

Logo