काठमाडौं उपत्यकामा १ हजार ४४ संक्रमित, कुन ठाउँमा कति ? (भिडियोसहित)

काठमाडौं उपत्यकामा १ हजार ४४ संक्रमित, कुन ठाउँमा कति ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्षको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन गत साउन ६ गते अन्त्य भयो । करिव ४ महिना लामो लकडाउन अन्त्य भएसँगै व्यापार व्यवसाय, कार्यालय तथा सार्वजनिक सवारीसाधनहरु संचालनमा आए । लकडाउनमा जन्मभूमि पुगेकाहरु लकडाउन अन्त्य भएसँगै कर्मभूमि फर्किए ।

सरकारले कोरोना अन्त्य भएको नभई लकडाउन मात्रै अन्त्य भएको बताइरहँदा पनि आम सर्वसाधारणले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको देखिएन । सरकारले मात्रै होइन जनस्वास्थ्यविज्ञहरुले समेत सचेत रहन चेतावनी दिइरहँदा पनि लापरवाही र हेल्चेक्राइ ह्वात्तै बढ्यो । परिणमतः पछिल्लो समय राजधानी उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक ५० जना भन्दा बढी संक्रमित थपिन थालेका छन् । काठमाडौं उपत्यकामा शुक्रवार अहिलेसम्मकै धेरै संक्रमित देखिए । उपत्यकाका ३ जिल्लामा गरि शुक्रवार मात्रै १०६ जना संक्रमित थपिएका थिए । शनिबार पनि काठमाडौं उपत्यकामा मात्रै ६२ जना थपिए । कोरोना संक्रमितको संख्या १,०४४ जना पुगेको छ । काठमाडौंमा मात्रै ८२२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ जना पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन्  । लकडाउन खुलेसँगै नाकाहरुमा कडाइ नगरिँदा कोरोनाको प्रवेश ह्वात्तै बढेको हो ।

दुखको कुरा त के छ भने काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका सबैलाई राख्न अस्पतालमा बेडको व्यवस्था हुन सकेको छैन । त्यतिमात्रै होइन केही संक्रमितहरु सम्पर्कविहिन छन् । त्यसो त अस्पतालमा बेडको अभाव भएपछि पछिल्लो समय संक्रमितलाई घरमै आइसोलेसनमा राख्न थालिएको छ । हेरौं यो भिडियोमा  :

 

Logo