पिसिआर परीक्षण गरेका व्यक्तिले रिपोर्ट नआएसम्म सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

पिसिआर परीक्षण गरेका व्यक्तिले रिपोर्ट नआएसम्म सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना आश‌ंका भइ परीक्षण गराउनेहरुले रिपोर्ट नआएसम्म सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । केही दिनदेखि कतिपय व्यक्तिहरुले आफूलाई कोरोना शंका गरी परीक्षण गराउनेको संख्या बढिरहेको छ ।

कोरोना परीक्षणको लागि पिसिआर गरी आउनु भएको कोही हुनुहुन्छ भने घरमा बसि सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा.जागेश्वर गौतमले बताए ।

गौतमले भने,’ यदि तपाईंको परीक्षण रिपोर्ट पोजिटिभ आयो र तपाईंले सावधानी नअपनाउनु भएको भए तपाईंले सम्पर्क गर्नु भएका र तपाईंसँग सम्पर्कमा आएका व्यक्ति, समूह एवम् समाजमा संक्रमण भएको हुन सक्छ ।’

घर, अफिस, मेलापात, भेटघाट जहाँ सक्रिय जीवनयापन गरिरहिएको छ, सबैलाई जनस्वास्थ्यका मापदण्डहरु अपनाउनलाई उनले आग्रह गरे ।

सामाजिक दूरी कायम गर्ने, मास्क सहि रुपमा प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने जस्ता क्रियाकलापहरु गर्न पनि उनले सुझाव दिए ।

‘कोभिड १९ एउटा पाण्डेमिक भाइरस हो । यसको संसारमा कहिं कतै पनि अझै सम्म उपचार हुने औषधि पत्ता लागेको छैन्,’ उनले भने,’ अतः संक्रमण रोकथामका लागि सावधानी अपनाउनु नै महत्वपूर्ण प्रभावकारी उपाय हो ।’

Logo