थपिए ४६४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २२,२१४ पुग्यो

थपिए ४६४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २२,२१४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । आज ४६४ जना थपिएका छन् । विहिबार ३६० जना थपिएका थिए । बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । यस्तै सोमबार ४१८ जना थपिएका थिए । आज ६,३३० जना सक्रिय संक्रमित छन् । आज ७ हजार ९२६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १५ हजार ८१४ जना पुगेको छ । आज ४२५ जना निको भएका छन् । विहिबार २३३ जना निको भएका थिए । बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ७० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo