कोरोना आतंक : प्रहरीदेखि मन्त्रीसम्म संक्रमित (भिडियोसहित)

कोरोना आतंक : प्रहरीदेखि मन्त्रीसम्म संक्रमित (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत ११ गतेदेखि लागू भएको लकडाउन सरकारले गत साउन ६ गते अन्त्य भएको घोषणा गर्याे ।

लकडाउनमा पनि कोरोना संक्रमणको दर बढ्नबाट रोकिएको थिएन । सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने भन्दै लकडाउनको अन्त्य गरेको थियो । तर सरकारले लकडाउन अन्त्य गरेसँगै दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । यसरी दिनप्रतिदिन कोरोना सङक्रमण बढ्दै गएकाले देशका विभिन्न स्थानिय तह तथा जिल्लाहरुले कोरोना नियन्त्रणको लागी निषेधाज्ञा गर्न सूरु भएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ ।

यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ । दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न गरेको लकडाउन फुकुवा गरेसँगै थप जोखिम निम्तिएको हो । पछिल्लो समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, न्यायाधीश र बैंक र सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेको छ । कोरोना संक्रमित र मृतक थपिँदै जाँदा देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो। कतिपय क्षेत्रमा पुनः लकडाउन हुने भएको छ ।

लकडाउन सुरु भएपछि आ–आफ्नो घर पुगेका मानिसहरु उपत्यका लगायतका देशका मुख्य शहरमा फर्कने क्रम बढेसँगै मुलुक भर कोरोनाको उच्च जोखिम पनि बढेको हो । हेरौं भिडियोमा :

 

Logo