किन दुख्छ जोर्नी ? यसरी गरौँ उपचार (भिडियोसहित)

किन दुख्छ जोर्नी ? यसरी गरौँ उपचार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

जोर्नी दुखाई भन्नाले गर्धन , कम्मर, घुंडा दुख्ने बुझिन्छ । जोर्नी विभिन्न कारणहरुले दुख्न सक्छ । रोगको प्रकृति फरक किसिमको हुन्छ तर, त्यो बाहेक गर्दन र कम्मर एकचोटी दुखिसकेपछि नसा च्यापिने समस्या हुन्छ ।

ढाडको दुईवटा हड्डीकोबीचमा एउटा कुरकुरे हड्डी हुन्छ हुन्छ जुन जेलीले भरिएको हुन्छ त्यसले नशामा बढी तनाब दियो भने यस्ता समस्या हुने गर्छ । विशेषगरी टेबलमा लामो समय बस्दा यो दुखाई उत्पन्न हुन्छ ।

चिसोको कारणले जोर्नी दुखाईलाई बढाउन प्रोत्साहन गर्छ । चिसोले जोर्नी दुख्ने होइन तर, जोर्नी दुखेको व्यक्तिहरुलाई चिसोले दुखाई बढाउने हो । व्यायमहरु नियमित रुपमा गर्यो भने जोर्नी दुखाई ठिक पार्न सकिन्छ । चिसोको समयमा जोर्नी दुख्ने बिरामीहरुले न्यानोपन अपनाउनु जरुरी हुन्छ ।

त्यस्तै हामीले गर्ने दैनिक क्रियाकलापले नै जोर्नीलाई असर गर्ने हो । हड्डी खिइने, जोर्नी दुखाईको समस्या उमेर बढ्दै जाँदा धेरै देखिन्छ । यसको निदानका लागि योग, आसन, व्यायम गर्नुपर्ने हुन्छ । सम्बन्धित डाक्टरहरुसँग सल्लाह लिएर व्यायमहरु नियमित गर्नुपर्छ ।

त्यस्तै जोर्नीलाई तनाब हुने कामहरु जस्तै भारीहरु उठाउँने, लामो समयसम्म मोबाइलहरु चलाउने, कम्प्यूटरमा लामो बस्ने, लामो समयसम्म एउटै पोजिसनमा बस्ने, भुईमा बस्नाले दुखाई बढाउँछ ।

जोर्नी दुखाईको कारण फरक हुन्छ तर, बल्झिने कारण खानपान र चिसोले गर्दा हुने हो । चिसोले यो रोग लाग्ने होईन बल्झाउँने गर्छ । हाम्रोमा क्याल्सियम र भिटामिनको कमी देखिन्छ । यदि शरीरमा क्याल्सियम र भिटामिनको कमी छ भने, हड्डी खिइदै जान्छ र जोर्नी दुखाईको समस्या बढाउछ ।

प्रस्तुत छ, यसै विषयमा योग तथा प्राकृतिक चिकित्सक संघका उपाध्यक्ष तथा हिमालयन प्राकृतिक अस्पताल र नेचुरोथेरापी अस्पतालका निर्देशक डा. यञ्जन गैह्रेसँग गरिएको कुराकानी

Logo