संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ । मंगलबार वीर अस्पतालमा उनको स्वाब संकलन गरिएको मा रिपोर्ट पोजिटिभ आएको हो ।

उनलाई केहि दिन अघि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाएर तराईका जिल्लामा अनुगमनका लागि पठाएको थियो । त्यहि समयमा उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ । सांसद प्रदीप यादवलाई यस अघि नै कोरोना पुष्टि भइसकेको थियो ।

Logo