नेपालमा कोरोनाबाट एकै दिन ६ जनाको मृत्यु, कुन जिल्लामा कति ?

नेपालमा कोरोनाबाट एकै दिन ६ जनाको मृत्यु, कुन जिल्लामा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकै दिन ६ जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुई, दुई र सप्तरी र काठमाडौंमा एक, एक गरि बुधबार ६ जनाको मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको आधिकारी पुष्टि नगरे पनि सम्बन्धित अस्पतालले भने कोरोनाकै कारण थप ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

पर्सामा दुईको मृत्यु

पर्सामा कोरोनाले बुधबार दुई जनाको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमासमेत गएराति कोरोना पुष्टि भएको छ।

बुधबार दुई जनाको कोरोनाकै कारण मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। साउनमा मात्रै १३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

मोरङमा दुईको मृत्यु

मोरङमा बुधबार कोरोनाले दुई पुरुषको मृत्यु भएको छ। मृत्यु हुने मध्ये एक विराटनगर र एक रंगेलीका हुन्। कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः१० बजे मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासका अनुसार उनको स्वाबको पीसीआर रिपोर्ट भने दिउसो पौने चार बजे मात्र आएको थियो । ज्वरोका साथै जण्डिसको समस्या देखिएपछि ती पुरुषलाई उपचारका लागि मंगलबार राति साढे १० बजे अस्पताल ल्याइएको थियो।

त्यसैगरी मोरङकै रंगेली नगरपालिका ८ का ४५ वर्षीय अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको हो। उनको स्वाबको पीसीआर रिपोर्ट दिउँसो बुधबार दिउँसो साढे ३ बजे आएको थियो।

काठमाडौंमा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट बुधबार काठमाडौंमा एक जनाको मृत्यु भएको छ। साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा ६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो।

सप्तरीमा एकको मृत्यु

मृत्युपछि सप्तरीको रुपनी गाउँपालिका ५ धुरगाउँका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजिटिभ आएको डाक्टर रणजीतकुमार झाले जानकारी दिए।

मलेसियाबाट एक महिना अघि आएर घरमा बसेका उनको मङ्गलबार राति मृत्यु भएपछि बुधबार दिउँसो स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। स्वासप्रश्वासमा समस्या आएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको उपचार हुन नसकेपछि उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको थियो।अन्नपूर्णबाट

Logo