थपिए ३८१ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २१,३९० पुग्यो

थपिए ३८१ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २१,३९० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । आज ३८१ जना थपिएका छन् । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । आइतबार २४६ जना थपिएका थिए । यस्तै शनिबार ३१५ जना थपिएका थिए । आज ६ हजार ३५९ जनाको पिसिआर परिक्षण गरिएको छ । अब सक्रिय संक्रमितको संख्या ६ हजार १७६ जना छ ।

यस्तै निको हुनेको संख्या १५ हजार १५६ जना पुगेको छ । आज १३० जना निको भएका छन् । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । आइतबार १११ जना निको भएका थिए । यस्तै शनिबार ९३ जना निको भएका थिए । ७० प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ६० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo