नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, कूल संख्या ५८ पुग्यो

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, कूल संख्या ५८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनसार ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि १९ गते विहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ३ सय ३५, कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताए ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँखु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएका छन । ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन् ।

मंगलबार ६५ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । मंगलबार देशभरीका क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना उपचाररत रहेका छन् ।

Logo